२५ बैशाख २०८१, मंगलबार

अख्तियारद्वारा भीम उपाध्यायसहित ३ जना पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर


भीमप्रसाद उपाध्याय सञ्जय शर्मा र गजेन्द्रकुमार ठाकुर

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा भीम उपाध्यायसहित ३ जना पूर्वसचिवहरु गरी १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची आयोजनामा पूर्वसचिवहरु उपाध्याय, गजेन्द्रकुमार ठाकुर र सञ्जय शर्मासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले लामो समय अनुसन्धानपछि आज आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

३ जना पूर्वसचिवहरु मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्षको रुपमा भ्रष्टाचारमा मुछिएका हुन् । यस्तै उक्त भ्रष्टाचार मुद्दामा अर्थ मन्लयका तत्कालीन सहसचिव तथा मेलम्ची खानेपानी आयोजना विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल, बोर्ड सदस्य रुद्रसिंह तामाङ, बोर्ड सदस्य चन्द्रबहादुर थापा रहेका छन् ।

तामाङ हाल अध्यागमन विभागका महानिर्देशक छन् । यसैगरी परामर्शदाताहरु तथा निर्माण कम्पनीउपर पनि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोप-पत्र दायर भएको अख्तियारले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !