२४ बैशाख २०८१, सोमबार

सोलुदूधकुण्ड नपामा लक्षित वर्गलाई सम्मान


Nepalpatra

३१ जेठ, सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिकाले ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई सम्मान गरेको छ ।

नगरपालिकाको वडा नम्बर ५ ले बुधबार एक कार्यक्रम गरी उनीहरुलाई सम्मान गरेको हो । ज्येष्ठ नागरिकको सम्मान गर्दै थर्मस र मग हस्तान्तरण गरिएको छ । वडा नम्बर ५ भित्रका ७० जना ज्येष्ठ नागरिकलाई एक÷एक वटा थर्मस र मग वितरण गरिएको वडाध्यक्ष मिङ्मार तामाङले जानकारी दिनुभयो ।

सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा ७५ जना बालबालिकालाई १६ वटाको दरले कापी वितरण गरिएको छ । यस्तै, १६ जना फरक क्षमता भएकालाई टनेला वितरण गरिएको वडाध्यक्ष तामाङले बताउनुभयो । लक्षित वर्गको बजेटबाट उनीहरुलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

वडा कार्यालयमार्फत विनियोजित ज्येष्ठ नागरिकका लागि रु एक लाख, फरक क्षमता भएकाका लागि रु ९० हजार र बालबालिकाका लागि रु एक लाख ७० हजार गरी जम्मा रु तीन लाख ६० हजारबाट उक्त कार्यक्रम गरिएको वडा कार्यालयले जनाएको छ ।

यस्तै, ४६ जना बालबालिकालाई छात्रवृत्तिअन्तर्गत स्कूलको पोशाक केही दिनमा वितरण गरिने वडाध्यक्ष तामाङले बताउनुभयो । कार्यक्रममा बोल्नुहँुदै नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने संस्कृतिको सबैले सबैतिर विकास गर्नुपर्नेमा जोड दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !