२२ बैशाख २०८१, शनिबार

बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित ३ जना जमानीमा रिहा


अरुण चौधरीसहित ३ जना

काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले पक्राउ गरेका व्यवसायी अरुण चौधरीसहित ३ जना जमानीमा रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतको आदेशअनुसार किर्ते र ठगी मुद्दामा अनुसन्धान कायमै राखेर व्यापारी चौधरीसहित ३ जनालाई सिआईबीले नै रिहा गरेको हो । व्यवसायी चौधरीलाई उनका छोरा करण चौधरीको जिम्मामा रिहा गरिएको हो ।

सिआईबीका अनुसार मुलुक ऐन र मुलुकी अपराध संहिताको किर्ते र ठगीसम्बन्धमा अनुसन्धान अनुसन्धान निरन्तर अघि बढ्छ । अदालतले सोमबार बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले काठमाडौंले अनुमति दिएपनि दुई दिनभित्र अनुसन्धान नसके जमानीमा छोड्न आदेश गरेको थियो ।

बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीसहित तीन जना पक्राउ परेका थिए ।

सीआईबीले चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !