२५ बैशाख २०८१, मंगलबार

सुख्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध


नारायणगढ–मुग्लिन सडक फाइल फोटो

काठमाडौं । पृथ्वी राजमार्गमा सुक्खा पहिरो खसेको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारमा सुक्खा पहिरो खसेको हो ।

सोमबार बिहान ३ बजेतिर खसेको सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको हो । यद्यपि पहिरो पन्छाएर बिहान ९ बजेदेखि एकतर्फी सवारी सुचारु गरिएको धादिङ प्रहरीले जनाएको छ ।

सो क्षेत्रमा सडक मर्मतको कार्य चलिरहेकोले पहिरो खसेको हो । दुईतर्फी सवारी खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !