२० बैशाख २०८१, बिहिबार

बालकुमारी घटनामा गम्भीर घाइते अर्का युवकको पनि मृत्यु


भौतिकमन्त्री ज्वालालाई बाहिर निकालेर आन्दोलनकारी यूवाले जलाए गाडी

काठमाडौं । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा अर्का एक युवकको पनि मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत गम्भीर घाइते युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको हो । यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।

ललितपुरको बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर सयौंको संख्यामा प्रदर्शनमा उत्रिएका युवाहरूले भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको गाडी जलाइदिएका थिए ।

ईपीएस आन्दोलनकारी यूवाहरुले मन्त्री ज्वालालाई गाडीबाट बाहिर निकालेर बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका थिए । एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला मन्त्री क्वाटरबाट पार्टीको केन्द्रीय समिति बैठक जान हिँडेका थिए ।

बालकुमारी क्षेत्रमा प्रदर्शनकारीले रोकेर गाडीमा आगजानी गरेका थिए । ईपीएस कोरिया शाखाले सिपबिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि बाँकीले आन्दोलन सुरु गरेका थिए । युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए ।

यो पनि पढ्नुहोस्

बालकुमारीको आन्दोलनमा प्रहरीको गोली लागेका घाइते युवकको मृत्यु

मन्त्री ज्वालाको गाडीमा आगजनी गर्ने ५ जना पक्राउ

भौतिकमन्त्री ज्वालालाई बाहिर निकालेर आन्दोलनकारी यूवाले जलाए गाडी

ललितपुरको बालकुमारीमा प्रदर्शनकारीले जलाए मन्त्रीको गाडी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !