२१ बैशाख २०८१, शुक्रबार

भौतिकमन्त्री ज्वालालाई बाहिर निकालेर आन्दोलनकारी यूवाले जलाए गाडी


भौतिकमन्त्री ज्वालालाई बाहिर निकालेर आन्दोलनकारी यूवाले जलाए गाडी

काठमाडौँ । ललितपुरको बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर सयौंको संख्यामा प्रदर्शनमा उत्रिएका युवाहरूले भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको गाडी जलाइदिएका हुन् ।

ईपीएस आन्दोलनकारी यूवाहरुले मन्त्री ज्वालालाई गाडीबाट बाहिर निकालेर बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । उनीहरुले सडक पनि अबरुद्ध पारेकोले अहिले बालकुमारी क्षेत्र तनावग्रस्त रहेको छ ।

एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला मन्त्री क्वाटरबाट पार्टीको केन्द्रीय समिति बैठक जान हिँडेका थिए । बालकुमारी क्षेत्रमा प्रदर्शनकारीले रोकेर गाडीमा आगजानी गरेका हुन् ।

ईपीएस कोरिया शाखाले सिपबिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि बाँकीले आन्दोलन सुरु गरेका हुन् । युवाहरूले अहिले उक्त क्षेत्रको सडक कब्जा गरेका छन् ।

यो पनि पढ्नुहोस्

ललितपुरको बालकुमारीमा प्रदर्शनकारीले जलाए मन्त्रीको गाडी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !