५ जेष्ठ २०८१, शनिबार

ललितपुरको बालकुमारीमा प्रदर्शनकारीले जलाए मन्त्रीको गाडी


ललितपुरको बालकुमारीमा प्रदर्शनकारीले जलाए मन्त्रीको गाडी

काठमाडौँ । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडी जलाइएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडी जलाइदिएका हुन् ।

उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । सयौंको संख्यामा प्रदर्शनमा उत्रिएका आन्दोलनरत युवाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको गाडी जलाएका हुन् ।

उनीहरुले सडक पनि अबरुद्ध पारेकोले अहिले बालकुमारी क्षेत्र तनावग्रस्त रहेको छ । युवाहरूले अहिले उक्त क्षेत्रको सडक कब्जा गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !