२३ बैशाख २०८१, आइतबार

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अनुमति


ललिता निवास प्रकरण मीनबहादुर गुरुङ

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेका २० जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप ७ दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुमति दिएको हो ।

कीर्ते तथा सङ्गठितरूपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा यसअघि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायत पक्राउ परेका थिए ।

विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !