२० बैशाख २०८१, बिहिबार

रोल्पामा बस दुर्घटना : गम्भीर घाइते भएकामध्ये २ जनाको मृत्यु


रोल्पामा बस दुर्घटना

काठमाडौं । रोल्पामा बस दुर्घटना भएको छ । रोल्पा बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख १६१२ नम्बरको बस दुर्घटना भएको भएको हो ।

त्रिवेणी गाउँपालिका–७ सहिद मार्गअन्तर्गत तिलानजिक ऋचि भन्ने ठाउँमा बस दुर्घटना हुँदा गम्भीर घाइते भएका ६ जनामध्ये २ जनाको मृत्यु भएको छ । बस सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

बसमा १५ जना सवारमध्ये ६ जना गम्भीर घाइते भएका थिए । जसमध्ये २ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । रोल्पा प्रहरीका स्रोतका अहिले प्रहरीले अन्यको उद्धारको काम भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !