२५ बैशाख २०८१, मंगलबार

विमानस्थल भन्सार प्रमुख पोखरेल हटाइए, पाण्डेलाई दिइयो जिम्मेवारी


त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालय

काठमाडौँ । अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख अरुण पोखरेललाई जिम्मेवारीबाट हटाएको छ । झण्डै एक क्विन्टल सुन विमानस्थलको भन्सार जाँच पास गरेर बाहिरिएको घटनामा छानबिन गर्न पोखरेललाई उक्त जिम्मेवारीबाट हटाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पोखरेलको ठाउँमा मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ । पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !