२४ बैशाख २०८१, सोमबार

सल्यानमा गुडिरहेको बसमा करेन्ट लागेर बाबुछोराको मृत्यु


सल्यानमा गुडिरहेको बसमा करेन्ट लागेर बाबुछोराको मृत्यु

सुर्खेत । सल्यानमा गुडिरहेको बसमा करेन्ट लागेर गाडीमा सवार दुई जनाको मृत्यु भएको छ । सल्यानमा गुडिरहेको बसमा करेन्ट लागेर बाबुछोराको मृत्यु भएको हो ।

प्रहरीका अनुसार आज बिहान साढे १० बजे गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा मृत्यु हुनेहरुमा रोल्पाको गंगादेब गाउँपालिका -४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षका टोपलाल डाँगी रहेका छन् ।

सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोला नजिक गुडिरहेको रा १ ख ८३४ नम्बरको बसमा करेन्ट प्रवाह हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुई जनाको मृत्युसँगै गाडी धनी छत्रेश्वरी गाउँपालिका–६ सल्यानका ३३ वर्षीय महेन्द्र वली गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

सल्यानबाट रोल्पाका लागि छुटेको उक्त बसमा विद्युतको पोललाई सपोर्ट दिन राखिएको तारबाट करेन्ट लागेको प्रहरीले बताएको छ । उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !