१८ बैशाख २०८१, मंगलबार

जुम्लामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, २ जना बेपत्ता


पहिरो

जुम्ला । जुम्ला जिल्लामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका-५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीका अनुसार पहिरोमा परी २ जना बेपत्ता छन् भने अन्य गम्भीर अवस्थामा भएका २ जनाको उद्धार गरिएको छ । उनका अनुसार घाइतेहरुलाई उपचारका लागि अस्पतालतर्फ पठाइएको छ ।

घटनाको विस्तृत जानकारी आउन बाँकी छ । गृहमन्त्री बालकृष्ण खाणले घाइतेको उद्धार र पुनरस्थापनामा कुनै कसुर बाँकी नराख्न गृहप्रशासन र प्रजिअलाई निर्देशन दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !