२६ बैशाख २०८१, बुधबार

बाराको अमलेखगञ्जमा बस दुर्घटना : १४ जनाको मृत्यु, १५ जना गम्भीर घाइते


बाराको अमलेखगञ्जमा बस दुर्घटना

सिमरा । बारा जिल्लाको अमलेखगञ्जमा यात्रुबस बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने १५ जना गम्भीर घाइते भएका छन् । नारायणघाटबाट वीरगन्जतर्फ आउँदै गरेको बा. प्र-०६-००१ ख ०११० नम्बरको बस ३ नम्बर पुलको मोडमा दुर्घटना भएको हो ।

आज बिहीबार बिहान मकवानपुर र बाराको सीमामा पर्ने बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ पथलैया-हेटौंडा सडकखण्डअन्तर्गत ३ नम्बर पुलमा यात्रुबस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो भने १५ जना गम्भीर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्याय बाराका स्रोतका अनुसार ८ जनाको घटनास्थलमै र अन्य ६ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकमध्ये ९ जना पुरुष र ५ जना महिला रहेका छन् ।

घाइतेहरुको हेटौंडास्थित जिल्ला अस्पताल, सन्चो अस्पताल र चुरे हिल्स हस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोडमा बस अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खोलामा खसेको थियो । बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !