१४ बैशाख २०८१, शुक्रबार

महानगरले कोटेश्वरको अवैध संरचनामा आज पनि चलायो डोजर


महानगरको डोजर फाइल फोटो

काठमाडौँ । काठमाडौं महानगरपालिकाले काटेश्वर क्षेत्रका अवैध संरचनामा आज पनि डोजर चलाएको छ । महानगरले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन डोजर चलाएको हो ।

काठमाडौँ महानगरले सो क्षेत्रमा रहेका फुटपाथ पनि हटाउने भएको छ । महानगरले यसअघि कोटेश्वर क्षेत्रमा पनि डोजर चलाएको थियो । महानगरले संरचना भत्काउन ३५ दिने सूचना जारी गरेपनि अटेर गरेकोले आज सो क्षेत्रमा डोजर चलाएको हो ।

यस्तै राजधानीका अन्य स्थानका अवैध संरचनामा पनि महानगरले डोजर चलाउँदै आएको छ । महानगरले अनधिकृत रुपमा र नक्साविपरित निर्माण गरिएका संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ ।

काठमाडौँ महानगरका मेयर बालेन साहले अबैध संरचना हटाउने अभियान जारी राखेसंगै यसको सकारात्मक असर ललितपुर महानगरपालिकामा पनि देखिएको छ । ललितपुरको लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प ललितपुर महानगरपालिकाले प्रहरीको सहयोगमा सिल गरेको छ ।

केही दिनअघि बालेनकै शैलीलाई अनुशरण गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पनि तातेर एक्सनमा उत्रिएका थिए । पोखरा महानगरले महेन्द्रपुलस्थित भाडामा लगाइएकाे आफ्नै संरचना हटाएकाे थियो ।

यो पनि पढ्नुहोस्

बालेनपछि चिरिबाबु पनि उत्रिए एक्सनमा, लगनखेलको मञ्जुश्री पेट्रोल पम्प सिल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !