१४ बैशाख २०८१, शुक्रबार

बुटवलको एक होटेलमा पुरुष र युवती मृत भेटिए


मृत

बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटेलमा एक पुरुष र एक युवती मृत भेटिएका छन् । बुटवलको तिनाउपारि फूलबारीचोकस्थित कारीकोट होटेलमा बास बसेका उनीहरू कोठामा मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार धादिङ घर भएका अन्दाजी ३५/३६ वर्षका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत फेला परेका हुन् । भुजेलको घर धादिङको कुमपुर हो भने पुष्पाको भने थर र पूरा ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

बुटवलको कारीकोटे होटलको कोठा नं. १३४ मा उनीहरु आइतबार रातिसँगै बसेका थिए । सोमबार बिहान कोठामा जाँदा महिला पलङमा उत्तानो परेको अवस्थामा र पुरूष कोठाको पंखामा झुण्डिएको अवस्थामा दुवै जना मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवल स्रोतले बताएको छ ।

तन्ना र तौलियामा रगत पोतिएको देखिएकोले भुजेलले युवतीको हत्या गरी आफूले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले बताएको छ । ती युवतीको श्रीमान विदेशतिर रहेको र एक/डेढ महिनादेखि हराएको भन्ने सुन्नमा आएको प्रहरीले जनाएको छ ।

दुवै जनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको उनले बताए । घटनाको अनुसन्धान जारी राखेको प्रहरीको बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !