२३ बैशाख २०८१, आइतबार

भक्तपुरमा रुख ढलेर बस र स्कुटरलाई किच्दा ३ जनाको मृत्यु, १२ जना घाइते


भक्तपुरको सल्लाको रुख ढलेरसल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा १५ जना गम्भीर घाइते #Nepalpatra https://nepalpatra.com/news/236823/

भक्तपुर । भक्तपुर जिल्लाको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । भक्तपुरको सल्लाघारीमा गुडिरहेको बस र स्कुटरलाई सल्लाको रुख ढलेर किचेको थियो ।

दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको र १२ जना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुर स्रोतले बताएको छ । मृत्यु हुने एक जना नितेज खर्बुजा भएको र अन्य दुई जनाको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । नेपाली सेनाले अहिले सडकमा ढलेका रुख हटाउने काम जारी राखेको छ ।

काठमाडौंबाट भक्तपुरको दुधपाटीतर्फ जाँदै गरेको बा. २ ख ३५८४ नम्बरको मिनिबस र बा.६१ प ३९७८ नम्बरको स्कुटरलाई रुखले किचेको थियो । भक्तपुर प्रहरी कार्यालय स्रोतका अनुसार घाइतेहरूको डा. युवा मुडा अस्पताल, भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस्

भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा १५ जना गम्भीर घाइते


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !