५ जेष्ठ २०८१, शनिबार

भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा १५ जना गम्भीर घाइते


सल्लाको रुख ढलेर

भक्तपुर । भक्तपुर जिल्लाको सल्लाघारीमा रुख ढलेर बस बस र स्कुटरलाई किच्दा १५ जना गम्भीर घाइते भएका छन् । भक्तपुरको सल्लाघारीमा गुडिरहेको बस र स्कुटरलाई सल्लाको रुख ढलेर किच्दा १५ जना गम्भीर घाइते भएका हुन् ।

दुर्घटनामा परेर १५ जना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले बताए । काठमाडौंबाट भक्तपुरको दुधपाटीतर्फ जाँदै गरेको बा. २ ख ३५८४ नम्बरको मिनिबस र बा.६१ प ३९७८ नम्बरको स्कुटरलाई रुखले किचेको थियो ।

भक्तपुर प्रहरी कार्यालय स्रोतका अनुसार घाइतेहरूको डा. युवा मुडा अस्पताल, भक्तपुर इन्टरनेशनल अस्पताल र मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !