१४ बैशाख २०८१, शुक्रबार

युवती बलात्कार आरोपित कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ


मनोज पाण्डे

काठमाडौँ । एक युवतीलाई बलात्कार गरेको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको हो ।

करिब ८ वर्षअघि १६ वर्षको उमेरमा मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी युवतीलाई बलात्कार गरेको आरोप लागेको छ । सो प्रतियोगिता सकिएपछि पाण्डेले ‘सक्सेस पार्टी’ का लागि भन्दै बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको पीडित युवतीको भनाइ रहेको छ ।

मिस ग्लोबल इन्टरनेसनल-२०१४ मा सहभागी पिडित मोडलले आफूलाई बेहोस हुने औषधी मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरेको भनेर सामाजिक सञ्जालबाट केही दिनअघि भिडियो सार्वजनिक गरेकी थिइन् ।

टिकटक युजर आईडी ‘सुसी खान जाने हो’ बाट बुधवार साँझ पीडित युवतीलेआफू बलात्कृत भएको आरोप लगाएर भाग-१ देखी भाग-२० सम्मका भिडियोहरु पोष्ट गर्दै कारवाहीको माग गरेपछि सामाजिक सञ्जालमा ती भिडियोहरु भाइरल भइरहेका छन् ।

सामाजिक सञ्जालमा महिला हिंसा भएको भनी प्रकाशित भिडियोबारे अध्ययन गर्न बनेको छानविन समितिलाई सहयोग गर्न गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी यस्ता विषयमा सीघ्र छानविनमार्फत सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारवाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।

प्रहरीले शुक्रबार गठन गरेको उक्त छानविन समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन् । समितिले शुक्रबारबाटै काम सुरु गरेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले उक्त सामग्रीका सन्दर्भमा बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदबाट उठाइएको र सभामुखले रुलिङ गरेको तथा नागरिक समाजबाट कारवाहीका लागि प्रदर्शन एवं दबाबका सम्बन्धमा गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यो पनि पढ्नुहोस्

८ वर्षअघि १६ वर्षको उमेरमा बलात्कृत युवतीको घरमा पुग्यो प्रहरी टोली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !