१० जेष्ठ २०८१, बिहिबार

कोरिया पुगेर फर्किएका ३ हजारलाई पुनः कोरिया लगिने


foreign

१६ वैशाख, काठमाण्डौ । पहिलेनै दक्षिण कोरिया गएर फर्किएका तीन हजार नेपालीलाई पुनः कोरिया लगिने भएको छ । कोरियाले राम्रो काम गरेर फर्किएका तीन हजारको नाम पठाएपछि पुनः परीक्षाका आधारमा पठाउन लागिएको इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले बताए ।

“परीक्षा यही वैशाख १७ गतेदेखि नै लिने निर्णय गरेका थियौँ, तर बिदा परेका कारण वैशाख १९ गतेदेखि मात्र लिन लागेका छौँ”, खनालले भने, “परीक्षामा लगभग तीन हजार २०० जना सहभागी छन् ।” लगभग ५० प्रतिशत पास गरी लैजाने कोरियाको लक्ष्य रहेको उनले जानकारी दिए ।

परीक्षा इपिएस कोरियाको नेपाली शाखा, ग्वार्कोमा हुनेछ । परीक्षा एकपटकमा २८ जना गरी दिनको चारपटक लिइनेछ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !