२५ बैशाख २०८१, मंगलबार

पूर्वराज्यमन्त्री एवं संविधानसभा सदस्य डिम्पल कुमारी झाको निधन


डिम्पल कुमारी झा

काठमाडौं । पूर्वराज्यमन्त्री डिम्पल कुमारी झाको निधन भएको छ । उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता एवं पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी पनि हुन् ।

उनी मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री पनि बनेकी थिइन् । मधेश प्रदेशकी पूर्वराज्यमन्त्री झा संविधानसभा सदस्य समेत रहेकी थिइन् ।

झाको उपचारका क्रममा आइतबार राति काठमाडौंमा निधन भएको हो । उनी क्यान्सर रोगबाट पीडित थिइन् । डिम्पल बिगत दुईदेखि क्यान्सरसँग जुधिरहेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !