१४ बैशाख २०८१, शुक्रबार

नेपालगञ्जमा भारतबाट भन्सार छलेर ल्याएको चिनी बरामद


भन्सार छलेर ल्याएको चिनी बरामद फाइल फोटो

नेपालगञ्ज । भारतबाट भन्सार छलेर ल्याउन लागिएको चिनी बरामद गरिएको छ ।

सार्वजनिक यातायातका साधनमा ल्याइएको २४ बोरा चिनी नेपालगञ्जस्थित बीपी चोकमा खटिएको वडा प्रहरी कार्यालयको प्रहरी टोलीले बरामद गरेको बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

प्रहरीका अनुसार भन्सार छलेर ल्याइएको सो चिनीसहित चार बोरा सुर्तीसमेत बरामद गरिएको छ । प्रहरीले भन्सारदेखि कोहलपुर जाने माइक्रोबस र सानो गाडीलाई जाँच गर्दा अवैध सामान बरामद गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !