२४ बैशाख २०८१, सोमबार

दुर्घटनाबाट दुईजनाको मृत्यु


शव फेला

काठमाडौं । रुपन्देहीको कुट्टामा लरी ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक रामनिवास बेलदार र पछाडि सवार रामायण पासीको मृत्यु भएको हो ।

हिजो बेलुका ८ बजे लु७४प ४४७९ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनाबाट घाइते भएका उनीहरूको उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको जनाइएको छ । लरी चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !