२३ बैशाख २०८१, आइतबार

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस बिहीबार नेपाल आउँदै


डा. टेड्रोस अधानोम गेब्रेयसस

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले यही वैशाख ८ देखि १० गतेसम्म नेपालको भ्रमण गर्ने भएका छन् ।

महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भ्रमणका क्रममा डा. टेड्रोसले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले परराष्ट्रमन्त्री डा. नारायण खड्का र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडासँग पनि भेट गर्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !