२५ बैशाख २०८१, मंगलबार

बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्पको धक्का


राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ । आज मंगलबार बिहान स्थानीय समय अनुसार ६ बजेर ३ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।

मापन केन्द्रका अनुसार बझाङको सैनापसेला भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्पको गएको हो । यसअघि चैत ९ गते ताप्लेजुङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पको धक्का बझाङसहित छिमेकी जिल्लामा समेत महसुस गरिएको छ । भूकम्पका कारण कति धनजनको क्षति भयो/भएन भन्ने विवरण भने अहिलेसम्म थाहा भएको छैन ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !