२५ बैशाख २०८१, मंगलबार

आश्रमटोलमा हरियाली उद्यान


दाङ । बटुवालाई शीतलता दिन र बिरुवा संरक्षण गर्न घोराही–१४ स्वर्गद्वारी आश्रमटोल क्षेत्रमा वातावरणमैत्री हरियाली उद्यान (ग्रिनपार्क) चौतारी निर्माण गरिएको छ ।

घोराही उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन शाखाबाट आर्थिक वर्ष २०७८/७९ मा विनियोजित रु पाँच लाख र टोलवासीको जनश्रमदानबाट उद्यान निर्माण गरी वडावासीले उदाहरणीय काम गरेका हुन् ।

सानो लगानीमा निर्माण गरिएको उद्यानले यहाँको वातावरण सुन्दर बनाउन र आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिने नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए । वातावरण स्वच्छ राख्न, शीतलताका लागि सानो लगानीबाट पनि काम गर्न सकिन्छ भन्ने उदाहरण भएको बताए।

पालिकाले बनाइदिएको साझा सम्पत्तिलाई अब स्थानीय टोलवासीले संरक्षण गर्न र यसको दिगो व्यवस्थापन समेत आग्रह समेत गरिएको छ । धर्मका नाममा रोपिएका बिरुवालाई सडक विकासका नाममा विनाश नगरी संरक्षण गर्न सकेमा वातावरण स्वच्छ हुने उनले विश्वास व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !