२५ बैशाख २०८१, मंगलबार

६ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरूवा, को कहाँ ?


प्रहरी प्रधान कार्यालय

काठमाडौं । ६ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले बागमती प्रदेश कार्यालयमा रहेका एसपी रामेश्वरप्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार सिन्धुपाल्चोकमा एसपी रहेका राजन अधिकारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा सरूवा गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयमा रहेका शान्तिराज कोइरालालाई जिल्ला प्रहरी कार्यालय मोरङमा, मोरङका एसपी जनार्दन जिसीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरूवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार गण्डकी प्रदेश मुख्यालय कास्कीमा रहेका ऋषिराम कँडेललाई पश्चिम नवलपरासीको प्रहरी प्रमुखमा पश्चिम नवलपरासीमा रहेका मनोजकुमार यादवलाई गण्डकी प्रदेश गण मुख्यालय पोखरामा सरुवा गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !