१५ बैशाख २०८१, शनिबार

उदयपुरमा सवारी दुर्घटना : १ जनाको मृत्यु, १३ घाइते


दुर्घटना

उदयपुर । उदयपुरको कटारी नगरपालिका-११ हर्देनी स्थित सिद्धिचरण राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने चालक सहित १३ घाइते भएका छन् ।

हिजो दिउँसो २ बजे ओखलढुंगाबाट उदयपुरको कटारीतर्फ आउदै गरेको प्रदेश १-०७-००१ज ००११ नम्वरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट ५ मिटर तल झरी दुर्घटना हुँदा गाडीमा सवार चालक सहित १४ जना घाईते भएकोमा उपचारको लागि बिभिन्न अस्पतालहरुमा पठाइएकोमा ओखलढुंगा सुनकोशी गाउँपालिका-४ का ५४ बर्षीय खेम बहादुर कार्कीको वीर अस्पताल काठमाण्डौमा उपचारको क्रममा मृत्यु भएको हो ।

ओखलढुंगा मोलुङ-२ का २४ बर्षीय एकराज दाहाल र ३० बर्षीया पार्वता पोखरेलको बिराटनगर नोवेल अस्पतालमा उपचार भईरहेको छ भने कटारी अस्पतालमा उपचारार्थ रहेका १० जना घाईतेहरु उपचार पश्चात डिस्चार्ज भईसकेका छन ।

गाडी चालक ओखलढुङगा सिद्दिचरण नगरपालिका-१ का २४ बर्षीय सञ्जिब घिमिरेलाई सामान्य उपचार पश्चात इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !