२० बैशाख २०८१, बिहिबार

दुर्घटनामा परी एक जनाको मृत्यु, एक गम्भीर घाइते


दुर्घटना

काठमाडौं । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते छन् ।

प्रहरीका अनुसार कटहरी गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा को२९प ९१९७ नम्बरको मोटरसाइकल हिजो बेलुका साढे ८ बजे दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय २२ वर्षीय रबि हजारी थारुको मृत्यु भएको हो ।

को२९प ९१९७ नम्बरको मोटरसाइकल हिजो बेलुका साढे ८ बजे दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरस्थित कोसी अस्पतालमा सोमबार राति १० बजे मृत्यु भएको प्रहरीले जनाइएको छ ।

घाइते भएका २६ वर्षीय सत्यनारायण माझीको सोही अस्पतालमा उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !