२२ बैशाख २०८१, शनिबार

आफ्नै कार्यकक्षमा मस्तिष्काघात भएर वडाध्यक्षको निधन


मृत्यु

सिन्धुली । सिन्धुली जिल्लाको मरिण गाउँपालिका-६ का वडाध्यक्ष कुर्साङ लामाको निधन भएको छ । आज कार्यालयमा सेवा प्रवाह गर्दै गर्दा मस्तिष्काघातका कारण उनको निधन भएको हो ।

बेहोस भएका लामालाई कपिलाकोट स्वास्थ्य चौकीमा पु¥याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको गाउँपालिका अध्यक्ष पानिराज बम्जनले जानकारी दिनुभयो ।

लामाको निधनले मरिण गाउँपालिकाले एक असल, इमान्दार, कर्तव्यनिष्ठ र जनप्रेमी जनप्रतिनिधि गुमाएको र ठूलो क्षति व्यहोर्नुपरेको बम्जनले बताए । लामा नेकपा माओवादीबाट विसं २०७४ को स्थानीय निर्वाचनमा निर्वाचित वडाध्यक्ष थिए ।

स्व लामाको पार्थिव शरीरलाई लामा परम्पराअनुसार श्रद्धाञ्जलीका लागि निजी निवासमा राखिएको छ । लामाको बुबाआमा, श्रीमती र पाँच छोरा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !