२० बैशाख २०८१, बिहिबार

भन्सार एजेन्टको लिखित परीक्षा अनिश्चितकालको लागि स्थगित


भन्सार विभाग

काठमाडौँ । भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा अनिश्चितकालको लागि स्थगित गरेको छ । उच्च अदालत पाटनबाट अल्पकालीन अन्तरिम आदेश जारी भएपछि आज दिउँसोका लागि तय भएको परीक्षा स्थगित गरिएको हो ।

परीक्षा आज दिउँसो २ बजेका लागि तय गरिएको थियो । विभागले फागुन २८ मा भन्सार एजेन्टको इजाजत पत्रको लागि लिखित परीक्षा गर्ने तयारी गरेको थियो ।

तर उच्च अदालत पाटनबाट फागुन २६ मा विभाग समेतको नाममा चैत ६ गतेसम्म स्थगित गर्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी भएको विभागले जनाएको छ ।

भन्सार एजेन्टको इजाजत पत्रको लिखित परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको विभागले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !