२४ बैशाख २०८१, सोमबार

लागुऔषधसहित तीन जना पक्राउ


पक्राउ

पाल्पा । लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार कोठेखोला गाउँपालिका–५ का २० वर्षीय मोहन श्रीष, ताराखोला गापा–१ का २१ वर्षीय नितेश घर्तीमगर र २१ वर्षीय सौरभ पुन पक्राउ परेका छन् ।

बुटबलतर्फ जाँदै गरेको ध२प ३६९४ नंको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलको पछाडि सवार श्रीषसँग लागुऔषध भेटिएको थियो । प्रहरीले श्रीषको साथबाट नुफ्रिन तीन, एम्पुलडाइजेपाम दुई, प्रेथोजिम तीन एम्पुल, प्रयोग गरेको याइजेपाम एक थान, सिरिन्ज दुई थान फेला पारी मोटरसाइकल चालक घर्तीमगरसहित दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !