२० बैशाख २०८१, बिहिबार

जीपको ठक्करबाट प्रहरी जवानको मृत्यु


दुर्घटना

काठमाडौं । बाँकेमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार जीपको ठक्करबाट २८ वर्षीय प्रहरी जवानको मृत्यु भएको छ ।

हिजो बेलुका ७ बजे लु१च ८११९ नम्बरको स्कारपियो जीपले थारु सवार भे५प ७१५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बर्दियाको बाँसगढी नगरपालिका–४ घर भएका २८ वर्षीय हिरालाल थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !