१४ बैशाख २०८१, शुक्रबार

दमौली आगलागी नियन्त्रण गर्न काठमाडौंबाट हेलिकप्टर पठाइयो


तनहुँको दमौलीको भीषण आगलागी

दमौली । तनहुँको दमौली बजारमा लागेको भीषण आगलागी नियन्त्रण गर्न काठमाडौंबाट हेलिकप्टर पठाइएको छ । जमिनबाट आगो नियन्त्रणमा लिन सम्भव नभएपछि हेलिकप्टरबाट पानी हालेर आगो निभाउन सिम्रिक एयरको हेलिकप्टर दमौलीमा पठाएको गृह मन्त्रालय स्रोतले बताएको छ ।

व्यास नगरपालिका–४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा आज आगलागी भएको छ । भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो ।

आगलागी नियन्त्रणको प्रयास भइरहेपनि आगो नियन्त्रणमा आउन सकेको छैन । यद्यपि बिजुली सर्ट भएर आगलागी भएको बताइएतापनि के कारणले आगो लागो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !