२० बैशाख २०८१, बिहिबार

ग्रीन लाइनका सञ्चालक अग्रवाल ४५ लाख धरौटी बुझाउन नसक्दा जेल चलान


अमित अग्रवाल

काठमाडौं । दरबारमार्ग र कान्तिपथमा रहेका ग्रीनलाइन स्टोरका सञ्चालक अमित अग्रवाल जेल चलान भएका छन् । हिजो शुक्रबार विशेष अदालतले तोकेको ४५ लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा उनलाई डिल्लीबजार कारागारमा जेल चलान गरिएको हो ।

महानगरीय प्रहरी परिसर टेकु स्रोतका अनुसार बैंकिङ कसुरमा पक्राउ परेका अग्रवाललाई अदालतले जमानतका लागि ४५ लाख धरौटी माग गरेको थियो ।अग्रवालविरुद्ध गत असोज महिनामा २ जना व्यवसायीले बैंकिङ कसुर अन्तर्गत उजुरी दिएका थिए ।

अदालतले दुई वटा उजुरीमा ४० लाख र ५ लाख गरी ४५ लाख रुपैयाँ धरौटी माग गरेको थियो । अग्रवाल केही समय अघि बैंक तथा मिटरब्याजीको ऋण तिर्न नसकेर परिवारसहित भागेर भारत पुगेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !