१० जेष्ठ २०८१, बिहिबार

आगलागीवाट तीन लाखको क्षति


आगलागी

६ वैशाख, कञ्चनपुर । गएराती आगलागी हुँदा तीन लाख बढीको क्षति भएको छ । बेदकोट नगपालीका १० स्थित कमलापति भट्टको घरमा आगलागी हुँदा अन्न, लताकपडा, महत्वपूर्ण कागजपत्र लगायतका सामग्री जलेर नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर सेटीले बताए ।

बुधबार राती भएको आगलागी दमकल, प्रहरी र स्थानिय बासिन्दाको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !