२५ बैशाख २०८१, मंगलबार

अन्तत: राष्ट्रिय फुटबलका पूर्वकप्तान हरि खड्का दोषी ठहर


हरि खड्का

काठमाडौं । अन्तत: राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का दोषी ठहर भएका छन् । नक्कली डकुमेन्ट देखाएर जागिर खाएको आरोपमा दायर मुद्दामा आज बिहीबार विशेष अदालतले फैसला गर्दै उनलाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले उनले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो । गत माघ १२ गते उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

यद्यपि उनलाई ५ हजार जरिवाना तोकिएको छ । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने भ्रष्टाचार निवारण ऐनको दफा १६ को १ अनुसार ६ महिनादेखि १ वर्षसम्म कैद र १० देखि २० हजारसम्म जरिवाना सजाय माग गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !