१५ बैशाख २०८१, शनिबार

यति होटल बन्द गर्न प्रशासनलाई गृह मन्त्रालयको पत्र


होटल याक एण्ड यति

काठमाडौं । याक एन्ड यति होटल बन्द हुने भएको छ । सोमबार गृह मन्त्रालयले यति होटल बन्द गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र पठाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सरकारलाई बुझाउनुपर्ने ४२ करोड रोयल्टी पटक-पटक ताकेता गर्दा पनि नबुझाएको भन्दै होटलको पाँच तारे वर्गीकरण र क्यासिनोको इजाजजपत्र रद्ध गरिदिएसँगै मन्त्रालयले होटद बन्द गर्न आवश्यक कारबाहीका प्रशासनलाई पत्र पठाएको उच्च स्रोतले बतायो ।

उच्च स्रोत अनुसार मन्त्रालयले प्रशासन कार्यालयलाई होटलको क्यासिनोको इजाजत पत्र रद्द गर्ने, पाँच तारा वर्गीकरण प्रमाणपत्र रद्द गर्नेलगायत निर्देशनसहितको पत्र पठाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !