२१ बैशाख २०८१, शुक्रबार

सुनसरीमा स्कारपियो दुर्घटना : १ जनाको मृत्यु, ५ घाइते


दुर्घटना

सुनसरी । सुनसरीको कोशी गाँउपालिका-६ स्थित पुर्व पश्चिम राजमार्गमा स्कारपियो दुर्घटना हुँदा स्कारपियोमा सवार १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका ५ बस्ने ५० बर्षीय दिलिप मण्डल रहेका छन् भने घाईते हुनेहरुमा कंकालिनी नगरपालिका ५ कै ६० बर्षीय लक्ष्मण साफी, ३६ बर्षीय राजेश मेहता, ४४ बर्षीय राम कुमार रजक, ४८ बर्षीया राम कुमारी देवी रजक र ५० बर्षीय उमेश कुमार साफी रहेका छन् ।

घाईतेहरुको जिल्ला अस्पताल ईनरुवा सुनसरीमा उपचार भई रहेको छ । हिजो राती ९ बजे पश्चिमबाट पुर्बतर्फ आउदै गरेको प्रदेश नं. २-०१-००१ च ००३१ नम्बरको स्कार्पियो गाडी रोकि राखेको BR- 01-GA – 4483 नम्बरको भारतिय ट्रक ठक्कर खाई अनियन्त्रित हुँदा पुर्वबाट पश्चिमतर्फ जादै गरेको ना ७ ख ५८३ नम्बरको ट्रकमा समेत स्कारपियो ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा संलग्न तिनवटै सवारी साधन नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !