२५ बैशाख २०८१, मंगलबार

लेक लागेर ३१ वर्षीय विशालको मृत्यु


मृत्यु

पाँचथर । पाँचथरमा लेक लागेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार फालेलुङ गाउँपालिका– ५ को टुनीबोटेका ३१ वर्षीय विशाल मगरको मृत्यु भएको हो ।

चौंरी गोठ गएका मगर हिउँ परेपछि घर फर्किने क्रममा धुपीडाँडा भन्ने क्षेत्रमा आइपुग्दा लेक लागेपछि हातखुट्टा नचलेको र बिहीबार बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !