२६ बैशाख २०८१, बुधबार

रहेनन् संविधानसभा सदस्य डा. दुमनसिंह थापा


संविधानसभा सदस्य

काठमाडौँ । संविधानसभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनसिंह थापाको निधन भएको छ । ६० वर्षीय थापाको हिजो आइतबार काठमाडौँमा निधन भएको हो ।

कोरोना संक्रमित डा. थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको हो । थापाको करिब दुई बर्ष अगाडि मृगौला प्रत्यारोपण भएको थियो । साथै ३ दिन अगाडि साइड इफेक्ट भई थापालाई अस्पतालमा सघन उपचार गरिएको थियो ।

उनी अर्घाखाँची क्षेत्र नं. २ बाट संविधानसभामा तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनी मेगा बैंकका सञ्चालक एवं नयाँ पत्रिका दैनिकका अध्यक्ष समेत थिए । उनले विकास र समाजशास्त्रमा विद्यावारिधि गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !