२५ बैशाख २०८१, मंगलबार

झापा र मोरङमा छुट्टाछुट्टै स्थानमा लडेर २ जनाको मृत्यु


मृत

विराटनगर । झापा र मोरङको दुई छुट्टाछुट्टै स्थानमा लडेर २ जनाको मृत्यु भएको छ । हिजो दिउसो सँवा १२ बजे मोरङ मिक्लाजुङ गाऊपालिका ४ दैत्यस्थित सिरान जंगलमा खिरीको रुखमा चढि घास काट्ने क्रममा सोही स्थानका ४८ बर्षीय धन बहादुर बिश्वकर्माको लडेर मृत्यु भएको छ ।

यसैगरी हिजै साढे १ बजे झापा मेचीनगर नगरपालिका-३ दुधे गोलाटारका ४२ बर्षीय मेघेन्द्र बिक सोही स्थानमा रहेको लाम्पातेको रुखको हागा झार्ने क्रममा लडि गम्भिर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा हिजो बेलुका पौने ३ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !