१४ बैशाख २०८१, शुक्रबार

भक्तपुरमा ज्वरोका बिरामी बढेसँगै सिटामोल अभाव


औषधि

काठमाडौं । घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि भक्तपुरका औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ । सिटामोलको माग बढे पनि आपूर्ति नहुँदा सिटामोलको अभाव भएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा सिटामोलको अभाव भएको पाइएको बताइन् । सिटामोलको अभाव भएको व्यापक गुनासो आएपछि प्रशासनले यहाँको मुख्य बजार सूर्यविनायक, कमलविनायक, दुधपाटी लगायतका क्षेत्रका २० वटा औषधि पसलको अनुगमन गर्दा सिटामोलको अभाव पाइएको बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !