२६ बैशाख २०८१, बुधबार

श्रीमानको हत्या गरेको आरोपमा मीना पक्राउ


महिला पक्राउ

रोल्पा । रोल्पामा श्रीमान्को हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । सुनछहरी गाउँपालिका–६ झिरवाङमा ४५ वर्षीय काले पुनमगरको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा ४१ वर्षीया मीना पुन मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

मीनाले मंगलबार श्रीमानको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !