१८ बैशाख २०८१, मंगलबार

तेह्रथुममा करेन्ट लागेर १ जनाको मृत्यु


करेन्ट लागेर

तेह्रथुम । तेह्रथुमको फेदाम गाउपालिका-१ का ५२ बर्षीय अम्बर बहादुर बस्नेतको घाँस काट्ने क्रममा करेन्ट लागी मृत्यु भएको छ ।

हिजो मध्यान्न १२ बजे छिमेकी नन्द बहादुर बस्नेतको खेतमा रहेको पटमेरोको रुखमा चढी हाँगा झार्ने क्रममा हाईटेन्सन लाईनको तारमा हाँगा अल्झिदा निजलाई कटेन्ट लागी घटनास्थलमा नै मृत्यु भएको थियो ।

मृतक स्थानिय महाकाली मा.बि. को प्रधानाध्यापक रहेको, घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट थप अनुसन्धान भई रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !