२४ बैशाख २०८१, सोमबार

लागुऔषधसहित दुई युवक पक्राउ


पक्राउ

काठमाडौं । चाँगुनारायणमा अवैध लागूऔषध पोल्याण्डसहित दुई युवक पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका–४ चाँगु नेचा पौवाबाट अवैध लागूऔषध पोल्याण्डसहित मध्यपुर ठिमी नगरपालिका–४ नयाँ ठिमी बस्ने २९ वर्षीय रोजन श्रेष्ठ र २९ वर्षीय सञ्जय श्रेष्ठ पक्राउ परेका छन्।

स्रोतका अनुसार भक्तपुरबाट त्रिशुल डाँडातर्फ जाँदै गरेको बागमती प्रदेश–०२–००१ प ६६७६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई बिहीबार दिउँसो पक्राउ गरिएको स्रोतले बतायो । ​उनीहरुको साथबाट १२ ग्रामा पोल्याण्ड बरामद गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !