२३ बैशाख २०८१, आइतबार

मोटरसाइकल दुर्घटनाबाट दुईजनाको मृत्यु


शव फेला

सुनसरी । सुनसरीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया जङ्गलमा दुर्घटना हुँदा सङ्खुवासभा खाँदबारी नगरपालिका–७ का २२ वर्षीय अबि राई र मोरङ सुन्दरहरैचा–५ का २७ वर्षीय सन्तोष राईको मृत्यु भएको स्रोतले बतायो।

कोसी लोकमार्ग अन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २७ प २१९ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १०२००१ ख ८१९६ नंको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा मृत्यु भएको स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !