२४ बैशाख २०८१, सोमबार

कांग्रेसको केन्द्रीय समिति बैठक पुस १० गते शनिबार बस्ने


कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पुस १० गते शनिबार बस्ने भएको छ । कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक पुस १० गते शनिबार बिहान ११ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना आज सकिँदै छ । सानेपामा जारी मतगणना आज सकिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

मतगणना सकिएर पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो लागेपछि कार्यसमितिको बैठक बस्न लागेको हो । अब आदिवासी जनजाती र खसआर्यतर्फ केन्द्रीय सदस्यहरुका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !