१५ बैशाख २०८१, शनिबार

बाजुरामा अटो दुर्घटना : २ जनाको मृत्यु, २ घाइते


दुर्घटना

बाजुरा । बाजुरा जिल्लाको बडिमालिका नगरपालिका–८ मा पर्ने थुवाकाँधमा अटो दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । ४ जना घाइतेमध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दुईजनाको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ रहेको छ । घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । अटो चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

सदरमुकाम मार्तडीदेखि जडाङगा जाँदै गरेको अटो आज ५ः३० मा दुर्घटनामा परेको हो । अटो सडकबाट करिब २०० मिटर तल बूढीगङ्गा नदीको किनारामा परेको जानकारी दिइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । अटो चालक भने फरार रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !