२१ बैशाख २०८१, शुक्रबार

प्रधानन्यायाधीशले अरु मुद्दाभन्दा बन्दी प्रत्यक्षीकरणलाई पछाडि राखेर पेशी तोकेपछि…


चोलेन्द्र शम्शेर जबरा फाइल फोटो

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले अरु मुद्दाभन्दा बन्दी प्रत्यक्षीकरणलाई पछाडि राखेर पेशी तोकेका छन् । स्रोतका अनुसार असन्तुष्ट न्यायाधीशहरुलाई अप्ठेरो पार्न अरु मुद्दाहरुलाई प्राथमिकतामा राखेर बन्दी प्रत्यक्षीकरणको निवेदनलाई त्यसपछिको प्राथमिकतामा राखेर पेशी तोकेका छन् ।

पेशी तोक्दा बन्दीप्रत्यक्षीकरणको निवेदनपछि मात्रै अरु मुद्दाको पालो तोक्ने चलन छ । स्रोतका अनुसार न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना र डा. कुमार चुडालको इजलासमा सवारी ज्यानको मुद्दापछि मात्रै बन्दी प्रत्यक्षीकरणको निवेदनको पेशी तोकिएको छ ।

स्रोतका अनुसार आज जबराले ९ वटा इजलास तोकेकोमा आफू र न्यायाधीशहरु नहकुल सुवेदी र विश्वम्भर श्रेष्ठलाई छुट्टाछुट्टै एकल इजलास तोकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !