करेन्ट लागेर एकाघरका ४ जना गम्भीर घाइते Nepalpatra करेन्ट लागेर एकाघरका ४ जना गम्भीर घाइते
१४ मंसिर २०७८, मंगलबार

करेन्ट लागेर एकाघरका ४ जना गम्भीर घाइते


करेन्ट लागेर

राजविराज । राजविराज नगरपालिका–६ करेन्ट लागेर एकै परिवारका ४ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आफ्नै घरका छतमा झुण्डिएको होडिङ बोर्ड हटाउने क्रममा करेन्ट लाग्दा ४० वर्षीय शिवनारायण साह सहित उनका ३५ वर्षीया पत्नी सन्तोषी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र १८ वर्षीय भतिजो रक्षित साह घाइते भएका हुन् ।

प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले घाइतेको गजेन्द्रनारायणसिंह अस्पतालमा उपचार भइरहेको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !